Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठराजनीतिकाँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण

काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण


चौतारा । नेपाली काँग्रेस क्षेत्रीय सचिव तथा नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ का अध्यक्ष वासुदेव अधिकारीलाई अराजक समूहले आक्रमण गरेको प्रति नेविसंघ सिन्धुपाल्चोकको ध्यानाकर्षण भएको छ । आज नेविसंघ सिन्धुपाल्चोकका सचिव निरज भण्डारीद्धारा जारी विज्ञप्तिमा यस घटनाप्रति नेविसंघले घोर आपत्ति जनाएको छ ।

इन्द्रावती गाउँपालिका नवलपुरमा घर फर्किदाको समयमा डबले लामा र रमेश तामाङ लगायतको व्यक्तिहरुले सोमबार सांघातिक आक्रमण गरेका थिए । ठेक्कापट्टाका विषयमा भएको विवादमा नेकपा जिल्ला कमिटि सदस्य समेत रहेका डबलेलगायतका व्यक्तिहरुले आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाही गर्न नेपाल विद्यार्थी संघ प्रशासनसँग माग गर्दछ, नेविसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस