Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोककाे सबै वडामा कांग्रेसकाे बिराेध

सिन्धुपाल्चोककाे सबै वडामा कांग्रेसकाे बिराेध


चौतारा । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेस सिन्धुपाल्चोकले आज सिन्धुपाल्चोककाे सबै वडास्तरमा प्रदर्शन गरेकाे छ । काँग्रेस केन्द्रीय समितिले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेसँगैं सिन्धुपाल्चोकमा पनि प्रदर्शन भएकाे हो ।

जिल्लाका सबै १०३ वडामा प्रदर्शन गरिएकाे हाे । केही वडामा संयुक्त कार्यक्रमहरु भने भएका छन् । प्रदर्शनमा केन्द्रीय सदस्य तथा जिल्ला नेताहरुले सम्बाेधन गरेका थिए ।

काँग्रेसले यसअघि पुस १३ गते २ निर्वाचन क्षेत्रमा, पुस २५ गते ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते १२ वटै पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!