मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठराजनीतिनेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?

नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?


चौतारा । नेपाल कम्युनिष्ट पाटी (नेकपा) फुटको असर जिल्लामा कार्यरत पत्रकारहरुमा पनि देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि फुटेको नेकपाको दुवै समूहले छुट्टाछुट्टै पत्रकार भेला गरेको छ । र त्यसको असर जिल्लामा पनि परेको छ । जिल्लाबाट प्रेस संगठनमा आबद्ध पत्रकारहरु नै छुट्टाछुट्टै भेलामा पुगेका हुन् । दाहाल-नेपाल समूहले मंगलबार गरेको पत्रकार भेलामा प्रेस संगठनका सह संयोजक अशोक पराजुलीसँगैं दिनेश दुलाल, रामकृष्ण थापा, केदार माझीलगायत सहभागी भएका थिए । उनीहरु सबै पूर्व माओवादी निकट पत्रकार मानिन्छन् । जिल्लामा पूर्व माओवादी निकटमा पत्रकारहरु दाहाल-नेपाल खेमातिर देखिन्छन् ।

यता बिहीबार भएको ओली निकट प्रेस संगठनको भेलामा पूर्व एमालेसँग नजिक रहेका पत्रकारहरु सहभागी भएका छन् । प्रेस संगठनका जिल्ला संयोजक विदुर आचार्यसहित पत्रकार महासंघका सचिव दिनेश थापा, पत्रकार प्रमोद न्यौपाने, दिपक अर्याल, विमल नेपाल, नानीराम नेपालगायत केपी ओलीको समूह तिर देखिएका छन् । आजको कार्यक्रममा यीमध्ये धेरै सहभागी भएका थिए । पूर्व एमाले निकट टिका सुवेदी भने अहिले नै कतै खुलेका छैनन् । स्रोतका अनुसार सचिव थापा यसअघि दाहाल नेपाल समूहको पत्रकार भेलामा पनि सहभागी भएका थिए ।

यसरी हेर्दा प्रेस संगठन र प्रेस चौतारी पुन बिउँतिने खतरा बढेको छ । नेकपा फुटले पार्टीमा ठूलै हलचल भएपनि जिल्लाका पत्रकारहरु भने पहिलेजस्तै अलग अलग समूहमा देखिएका छन् ।  प्रेस संगठन एक भएको अवस्थामा थापालाई पत्रकार महासंघको अध्यक्ष बनाउन नेकपाका केन्द्रीय नेताहरुले समेत वचन दिएको बुझिएको थियो । पार्टी फुटेसँगै दुवै समूहसँग नखुल्ने बताएका थापा दुवै समूहको पत्रकार भेलामा देखिएका छन् ।

नेकपा फुट्दा जिल्लामा ओली समूह कमजोर देखिएको भए पनि पत्रकारको हकमा पूर्व एमाले निकट प्राय पत्रकार ओली समूहमै लागेका छन् । पूर्व एमाले निकट करिब ३० बढी र पूर्व माओवादी निकट २० बढी पत्रकार छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!