आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिराजधानीमा ६ हजार ५ सय कार्यकर्ता उतार्दै नेकपा सिन्धुपाल्चोक

राजधानीमा ६ हजार ५ सय कार्यकर्ता उतार्दै नेकपा सिन्धुपाल्चोक


चाैतारा । नेकपा सिन्धुपाल्चोक जिल्ला कार्यालयको भाेलि राजधानीमा हुने बिशाल जनप्रदर्शनमा कम्तिमा ६ हजार ५ सय कार्यकर्ता उतार्ने भएको छ । माघ ६ गते भएकाे बैठकअनुसार नेकपाले याे संख्याका नेता, कार्यकर्ता काठमाडौं भित्र्याउने भएकाे हाे ।
प्रधानमन्त्री केपी ओलीबाट संसद बिगठन गरिएको हुँदा उक्त असंबैधानीक कदमको बिरुद्ध खवरदारी गर्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रिय संघर्ष समितिको आयोजनामा हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत जिल्लाबाट पनि काठमाडौमा हुने अान्दाेलनमा सहभागिता गर्न लागेकाे नेकपाले जनाएकाे छ । बाग्मती,गण्डक र २ नम्बर प्रदेशको सहभागितामा बिशाल जनप्रर्दशन कार्यक्रको आयोजना गरिएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७२ को संबिधानको अवमूल्यन गर्दै प्रधानमन्त्री अाेलीले चालेकाे कदम बिरूद्द नेकपा सिन्धुपाल्चोक अान्दाेलनमा उत्रेकाे हाे ।
कार्यक्रममा सहभागि हुनका लागि जिल्ला पार्टीेले पार्टी कमिटिमा आवद्धता संगठित सदस्यहरु, जनप्रतिनीधि, जनबर्गिय संगठन, विभिन्न अधिककारको जातीय मार्चामा आवद्धहरु, पार्टीका शुभचिन्तक,पत्रकार, कलाकार र आम सिन्धुवासी न्यायप्रेमी जनसमुदायहरुमा जनपर्दशनमा सहभागिताको लागि अनुरोध गरिएको पार्टी जिल्ला सचिव गोविन्द पराजुलीले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!