गृहपृष्ठ ∕ राजनीति ∕ सिन्धुपाल्चोकका १०३ वटै वडामा काँग्रेसको प्रदर्शन सिन्धुपाल्चोकका १०३ वटै वडामा काँग्रेसको प्रदर्शन सिन्धु खबर माघ ८, २०७७ गते ८:३७ मा प्रकाशित चौतारा । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेस सिन्धुपाल्चोकले आज वडास्तरमा प्रदर्शन गर्ने भएको छ । काँग्रेस केन्द्रीयस समतिले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेसँगैं सिन्धुपाल्चोकमा पनि प्रदर्शन हुन लागेको हो । जिल्लाका सबै १०३ वडामा प्रदर्शनको तयारी रहेको काँग्रेस जिल्ला सचिव बिल बहादुर तामाङले जानकारी दिए । उनले भने केही वडामा संयुक्त कार्यक्रमहरु पनि तय भएका छन् । प्रदर्शनका लागि केन्द्रीय सदस्य तथा जिल्ला नेताहरु जिल्ला पुगिसकेका छन् । काँग्रेसले यसअघि पुस १३ गते २ निर्वाचन क्षेत्रमा, पुस २५ गते ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते १२ वटै पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे