मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठराजनीतिसंगठन विस्तारसँगै सक्रिय बन्दै राप्रपा

संगठन विस्तारसँगै सक्रिय बन्दै राप्रपा


चौतारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकले गाउँ गाउँमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ । गाउँहरुमा भेला गर्दै पहिलो चरणमा वडा कमिटि, महिला संगठन र युवक संगठन गठन गर्दै राप्रपा जिल्लामा सक्रिय बनेको हो ।
आज चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेमा राप्रपाले तीन वटै संगठन विस्तार गरेको छ । टोकबहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी, जालमाया तामाङको अध्यक्षतामा९ सदस्यीय महिला कमिटी र राजेश तामाङको अध्यक्षतामा १५ सदस्यीय युवक संगठन गठन गरिएको हो ।
राप्रपाले जिल्लाको सबै वडामा संगठन विस्तार गरिरहेको छ । वडा कमिटि, युवक र महिला संगठन विस्तार सकिएपछि छिट्टै गाउँ तथा नगर र क्षेत्रको अधिवेशन गरिने राप्रपाका प्रवक्ता हरि नेपालले जानकारी दिए ।
स्याउलेमा भएको कार्यक्रममा पूर्व साँसद तथा केन्द्रीय सदस्य रमेश लामा राप्रपा जनताको पार्टी भएकाले गाउँमा विकासको लहर ल्याउने बताए । उनीसँगै कार्यक्रमलाई सम्बोधन गरेका केन्द्रीय सदस्यद्धय दइन्द्रबहादुर ठकुृरी र उदय सापकोटाले स्याउलेका पूर्व गाविस अध्यक्ष आशबहादुर तामाङलाई तत्कालीन माओवादीले हत्या गरेको विषयमा भत्र्सना गरेका थिए । उनीहरुले तामाङको आत्मा शान्तिका लागि पनि राप्रपालाई स्याउलेवासीले जिताउनु पर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला कमिटीका सहसचिव दीपक थापाले भ्रष्टाचारी, बलात्कारी र राष्टघातीलाई फाँसीको व्यवस्था गरिनुपर्ने भन्दै राप्रपा अब भ्रष्टाचारको भण्डाफोर गर्ने अभियानमा लाग्नुपर्ने बताएका थिए ।
संगठन विस्तार अभियान अन्तर्गतको स्याउलेमा भएको कार्यक्रममा नेकपा परित्याग गरि १० जना र नेपाली कांग्रेस परित्याग गरि १० जना राप्रपामा प्रवेश गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!