Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिकांग्रेस सदैव जनताको पक्षमा छ- कांग्रेस जिल्ला सचिब बिल बहादुर तामाङ

कांग्रेस सदैव जनताको पक्षमा छ- कांग्रेस जिल्ला सचिब बिल बहादुर तामाङ


चाैतारा।  विघटन विरुद्ध कांग्रेसले हिजो देशैभरको ७५३ ओटा स्थानीय तहमा विरोध प्रदर्शन गर्यो।
त्यही अनुरुप १२ स्थानीय तह भएको सिन्धुपाल्चोकमा पनि कांग्रेस ले विरोध प्रदर्शन गर्यो।

इन्द्रावती को विरोध सभालाई केन्द्रिय सदस्य गुरुराज घिमिरेले हेलम्बुको विरोध सभालाई प्रदेश सभा सदस्य निमा लामाले पाँचपोखरीको विरोधसभालाई कांग्रेस जिल्ला कोषाध्यक्ष पासाङ दोङले मेलम्चीको विरोध सभालाई २ नम्बर का क्षेत्रीय सभापति आइतमान तामाङले चौताराको विरोध सभालाई केन्द्रिय सदस्य द्वय मोहन बस्नेत र विष्णु बिक्रम थापाले सम्बोधन गरे।

यता लिसङखुपाखरमा को विरोध सभामा प्रमुख वक्तका रुपमा पुगेका कांग्रेस जिल्ला सचिब एवम् महासमिति सदस्य बिल बहादुर तामाङले विरोध सभालाई सम्बोधन गरे।

विरोध सभालाई सम्बोधन गर्न बुलबुले पुगेका युवा नेता तथा सचीव तामाङले संसद विघटन असम्बैधानिक र कानुन विरुद्ध भएको बताए।तामाङले भने देश लाई हरेक परिस्थितिमा समस्या हल गर्न सक्ने र विभिन्न चुनौती सङ्ग सामना गर्न सक्ने भनेकै कांग्रेस पार्टी हो।

उनले थपे कांग्रेस सदैब जनताको पक्षमा छ।

विरोधसभा कार्यक्रम लिसङखुपाखरका कांग्रेस सभापति डुबाछिरिङ लामाको सभापतित्वमा सम्पन्न भएको थियो।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!