गृहपृष्ठ ∕ राजनीति ∕ इन्द्रावतीमा भोलि कांग्रेसको प्रदर्शनः केन्द्रिय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्ने इन्द्रावतीमा भोलि कांग्रेसको प्रदर्शनः केन्द्रिय सदस्य गुरुराज घिमिरेले सम्बोधन गर्ने सिन्धु खबर माघ २, २०७७ गते ८:२६ मा प्रकाशित इन्द्रावती । संसद विघटन विरुद्ध कांग्रेसले भोलि देशैैैैभर ७५३ स्थानीय तहमा बृहत विरोध प्रदर्शन गर्दैछ। काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भन्दै विभिन्न मितिमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। कति पय नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन। यता १२ स्थानीय तह भएको सिन्धुपाल्चोकमा पनि विभिन्न ठाउँमा विरोध कार्यक्रम तय भएको छ। इन्द्रावती गाउँपालिका नवलपुरमा भोलि हुने बिरोध प्रदर्शनलाई युवा नेता कांग्रेस केन्द्रिय सदस्य एवम् नेविसंघ पुर्व अध्यक्ष गुरुराज घिमिरेले सम्बोधन गर्ने छन् । साथमा कांग्रेस जिल्ला सभापति बिकास लामा पनि यहि पालिकामा हुने विरोध कार्यक्रम लाई सम्बोधन गर्न आइपुग्ने इन्द्रावती कांग्रेस सभापति फुर्पा तामाङले बताए। सभापति तामाङले विरोध प्रदर्शन शान्तिपूर्ण रुपमा संचालन हुने सम्पुर्ण कांग्रेस कार्यकर्तालाई उपस्थित हुन आग्रह गरे। क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे