गृहपृष्ठ ∕ राजनीति ∕ काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै सिन्धु खबर पुस २७, २०७७ गते १५:०६ मा प्रकाशित चौतारा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बाह्रबिसे आउँदैछन् । बाह्रबिसेमा एक फुटबल कार्यक्रमको समापनका लागि देउवा आउन लागका हुन् । बाह्रबिसे नगरपालिका ४ स्थित पलाती अगेंरी पाखा खेल मैदानमा जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता भैरहेको छ । २२ गतेदेखि चलेको प्रतियोगिता भोलि समापन हुँदैछ । सिन्धुपाल्चोकका स्थानीय तह बिच भएको प्रतिष्पर्धामा फाइनल खेल मेलम्ची नगरपालिका र सुनकोसी गाउँपालिकाबीच हुनेछ । एक लाख एघार हजार एक सय ११ पुरस्कार राशि रहेको कोमल माया खड्क स्मृति कप फुटबल प्रतियोगिताको उद्घाटन काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले गरेका हुन् । जिल्ला खेलकुद बिकास समितिकाे प्राविधिक सहयाेगमा हुने उक्त प्रतियाेगितामा दाेस्राे हुनेलाई पचपन्न हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिनेछ । प्रतियाेगिताकाे उत्कृष्ठ खेलाडीलाई २० हजार नगद, हरृक खेलकाे म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफि प्रदान गरिने अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका उत्कृष्ट गाेलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि नगद ५ हजार र ट्रफि प्रदान गरिनेछ । समापन कार्यक्रममा ख्याति प्राप्त कलाकारहरु सुनिता दुलाल, नवराज घोरासैनी, सुनिता खत्रीलगायत पनि आउनेछन् ।पूर्वमन्त्री बस्नेतले आफ्नो बुबा आमाको सम्झनामा यो फुटबल प्रतियोगिताको आयोजना गरेका हुन् । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध सिन्धुपाल्चोककाे सबै वडामा कांग्रेसकाे बिराेध नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका