Techie IT
Sunday, January 24,2021 / आईतबार, माघ ११, २०७७
×
गृहपृष्ठराजनीतिभारतसँग मिलेर प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको राष्ट्रवाद नांगियोः बस्नेत

भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको राष्ट्रवाद नांगियोः बस्नेत


खाडिचौर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नागिंएको बताएका छन् । भारतको इशारामा प्रतिनिधिसभा विघटन गरेर शक्तिशाली बन्न खोजेका ओलीको राष्ट्रवाद नागिंएको उनले बताएका हुन् । चुच्चे नक्सा सार्वजनिक गरेर चर्चा कमाएका प्रधानमन्त्री ओलीले भारतका एकजना आएर भेट्नासाथ नक्सा नै परिवर्तन गरेको उनको आरोप छ ।

उनले भने, ‘सस्तो लोकप्रियताका लागि नक्सा ल्याए , विद्यालयका पुस्तकमा छपाए, भारतबाट कोही भेट्न आए ओलीले तुरुन्तै आदेश दिए ती चुच्चे नक्सा भएका किताब वितरण नगर्नु ।’ बस्नेतले संवैधानिक सर्वोच्चताको काँग्रेसले सधै सम्मान गर्ने बताए । प्रतिनिधिसभा विघटन भएपछि आन्दोलनमा होमिएको काँग्रेसले निर्वाचन या प्रतिनिधिसभा पुनस्थापना जे भएपनि अदालतको आदेशलाई सम्मान गर्छ उनले भने ।

आज प्रतिनिधिसभा १ को प्रदेससभामा भएको विरोध सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टी जनताको भन्दा पनि आफ्नो प्रगतिको लागि लागेको आरोप लगाए । विश्वबाट नै सकिएको कम्युनिष्ट नेपालमा फुरफुर गरेर बसेकोहरु अब निमिट्यान्ह हुने उनको विश्वास छ । जिल्लाका कम्युनिष्ट पार्टीहरु खोलाका बालुवा तष्करमा लागेको उनको आरोप छ ।

जनप्रतिनिधिहरु जनताको काममा भन्दा पनि तष्करमा लागेको र तयसैका कारण अख्तियार धाउँदै ठिक्क भएको उनले बताए । कम्युनिष्टहरु गुट र ग्रुपमा लागेकोले उनीहरु अब पतनको बाटोमा लागेको उनको भनाइ छ । बस्नेतले भने, संघीयता, धर्मनिरपेक्षता, संविधान कार्यान्वयन अब काँगेसको काँधमा आएकाले अब जनताले काँग्रेसलाई चुन्नेछन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस