गृहपृष्ठ ∕ राजनीति ∕ सरकारविरुद्ध सिन्धु काँग्रेसले आज चार ठाउँमा प्रदर्शन गर्ने सरकारविरुद्ध सिन्धु काँग्रेसले आज चार ठाउँमा प्रदर्शन गर्ने सिन्धु खबर पुस २५, २०७७ गते ८:३७ मा प्रकाशित चौतारा । सिन्धु काँग्रेसले संसद विघटनविरुद्ध सिन्धुपाल्चोकका चार ठाउँमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा संसद विघटन गरेपछि आन्दोलनमा होमिएको काँग्रेसले आज सिन्धुपाल्चोकका चार ठाउँमा प्रदर्शन गर्न लागेको हो । प्रतिनिधिसभा १ को प्रदेससभा क को चाकु र ख को खाडिचौरमा प्रदर्शनको कार्यक्रम छ । त्यस्तै प्रतिनिधिसभा २ को प्रदेससभा क ज्यामिरेमाने र ख मेलम्चीमा प्रदर्शन हुने काँग्रेस पार्टी सचिव बिल बहादुर तामाङले जानकारी दिए । प्रतिनिधिसभा १ को प्रदेससभा क र ख दुवैको प्रदर्शनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ । यता प्रतिनिधिसभा २ क को ज्यामिरेमानेको कार्यक्रमलाई पार्टी सभापति विकास लामा र रोल्पा पार्टी सभापति तथा पूर्वराज्यमन्त्री अमर सिंह पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सचिव तामाङले बताए । यता प्रदेससभा ख मेलम्चीको कार्यक्रमलाई भने केन्द्रीय सदस्य विष्णुविक्रम थापाले सम्बोधन गर्नेछन् । प्रत्येक कार्यक्रममा कम्तीमा १ हजार भन्दा बढीको उपस्थिति हुने पनि सचिव तामाङले बताए । आज देशभर काँग्रेसले प्रदेससभाहरुमा प्रदर्शन गर्नेछ । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत कोरोना संक्रमण र विपत्तिमा सिन्धुमा खटिनेलाई काँग्रेस नेता बस्नेतले सम्मान… धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो