Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीति‘प्रचण्डलाई कार्यकारीबाट हटाएका छैनाैं, गल्ती स्वीकारे पार्टी एकता’-उपप्रधानमन्त्री

‘प्रचण्डलाई कार्यकारीबाट हटाएका छैनाैं, गल्ती स्वीकारे पार्टी एकता’-उपप्रधानमन्त्री


खाडीचाैर ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डलाई अाफुहरूले पार्टीको कार्यकारी पदबाट नहटाई अाफ‌ैले गल्ती गरेर अर्काे गुट निर्माण गरेकाे गरेकाे अाराेप लगाएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको उनकाे दावी छ ।
अाज सिन्धुपाल्चोक जिल्लाको खाडीचौरमा आयोजित ओलि समुहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रचण्डले अहिलेसम्मको सबै गल्तीहरूलाई सच्याएर फर्किन चाहनुहुन्छ भने अझै पार्टी एकताको सम्भावना छ’ उनले भने ।
जनताको प्रतिनिधिले जनताबीच जान्छु भनेर प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो । त्यसलाई अन्यथा लिनुपर्ने कुनै कारण छैन’ उनले भने, ‘वैशाखमा निर्वाचन हुन्छ। उहाँहरू चुनावदेखि भागिराख्नुभएको छ।’ प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधारिक भएको समेत उनले दाबी गरे ।
भेलालाई सम्बाेधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद मन्त्री दावा तामाङले पार्टी फुटाएर अाफ्नै साथीहरूले घात गरेकाे अाराेप लगाए । गुट उपगुट निर्माण गरेर कम्युनिस्ट सिद्धान्तको धज्जी उडाएकाे उनले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस