Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठराजनीतिसुरक्षासंयन्त्र झुक्याउँदै चाैतारामा युवा संघकाे मसाल जुलुस(तस्विरहरू)

सुरक्षासंयन्त्र झुक्याउँदै चाैतारामा युवा संघकाे मसाल जुलुस(तस्विरहरू)


चाैतारा । संसद बिघटनकाे असंबैधानिक कदमका बिरूद्द राष्ट्रिय युवा संङ नेपाल सिन्धुपाल्चोकले चाैतारामा मसाल जुलुस गरेकाे छ । कुनै एक ठाउँबाट गर्ने सुचना बाहिरिएपनि प्रहरी प्रशासनलाई झुक्याउँदै युवा संघले मसाल बाेकेर सिंगाे बजारमा मसाल जुलुस प्रदर्शन गरेकाे हाे ।
युवा संघले सुरूमा पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्ने तयारी भएकाे सुरक्षा निकाय र स्थानीयले सूचना पाएका थिए । तर, सुरक्षा संयन्त्रलाई झुक्याउँदै युवा संघले बजारकाे अन्य तीन स्थानबाट पनि एकैसाथ मसाल जुलस निकालेकाे थियाे । संघकाे जुलुसलाई बिद्यार्थीले पनि साथ दिएका थिए ।
एक सय बढी युवा संघ र बिद्यार्थी जुलुसमा सहभागी थिए ।
मसाल जुलुसमा सरकार बिरूद्द विभिन्न नारा लगाउँदै समापन गरिएकाे युवा संघले जनाएकाे छ । जुलुसअघि संघले बजारमा सरकार बिरूद्दकाे पर्चा फ्यालेका थिए ।

burst


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!