Techie IT
Sunday, August 1,2021 / आईतबार, साउन १७, २०७८
×
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकमा  दाहाल–नेपालपक्षको भेला, को–को आए बैठकमा

सिन्धुपाल्चोकमा  दाहाल–नेपालपक्षको भेला, को–को आए बैठकमा


चौतारा । केन्द्रीय सर्कुलर अनुसार सिन्धुपाल्चोकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्यानलको बैठक भएको छ । सिंगो नेकपाको बैठक भनिएपनि त्यो भेलामा ओली पक्षका कुनै नेता सहभागी भएनन् ।

स्रोत अनुसार सो भेलामा केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज केष्णप्रसाद सापकोटा, केन्द्रीय सदस्य अरुण नेपाल, युवराज दुलाल, माधव सापकोटा, शेरबहादुर तामाङ,  सहभागी थिए । त्यस्तै गरि बाग्मती प्रदेश सचिवालय सदस्य झम्क नेपाल, सुभाष कर्माचार्य र सरल सहयात्री यौडेलसमेत आजको बैठकमा उपस्थित भएको एक नेताले जानकारी दिए ।

उक्त बैठकमा जिल्ला कार्यालय सदस्य केदार क्षेत्री, अमृता नेपाल, अमानसिंङ तामाङ, कमल नेपाल, निमफुञ्जो शेपा, डम्बर अर्यालसमेत सहभागी भएका थिए ।

ओली निकट मानिएका  जिल्ला सचिव हालका युवा तथा खेलकुद मन्त्री दावा तामाङ, प्रदेश सचिवालय सदस्य सोम सापकोटा,  जिल्ला कार्यालय सदस्य डोल्मा तामाङ, सूर्य लामाहरु भने यो बैठकमा थिएनन् । उनीहरुलाई अहिले ओली समूह निकट मानिन्छ ।

बैठकले दाहाल–नेपाल छाडेर जाने नेताहरुलाई कारवाहीको सिफारिससमेत गरेका छन् । जिल्ला स्तरीय बैठकले ओलीपक्षमा जाने पाँच नेतालाई कारवाहीका लागि केन्द्रीय कमिटिमा सिफारिस गरेका हुन् ।

नेकपा दाहाल–नेपाल पक्षका एक नेताका अनुसार प्रदेश पार्सद हारेर संघीय मन्त्री भएका दावा तामाङ सहित पाँच नेता कारवाहीको सिफारिसमा छन् । दावा ओली खेमाबाट युवा तथा खेलकुद मन्त्री बनेका छन् । स्रोतका अनुसार दावासहित डोल्मा तामाङ, होमनारायण श्रेष्ठ, सरेश नेपाल र हस्त पण्डितलाई कारवाहीका लागि सिफारिस गरिएको हो ।

आज  भएको बैठकमा जिल्लाबाट प्रतिनिधि गर्ने केन्द्रीय सदस्यहरु, नेकपा बाग्मती प्रदेशका सदस्यहरु, नेकपा जिल्ला कार्यालयका सदस्यहरु र नेकपा क्षेत्रीय कमिटीका अध्यक्षहरुलाई निमन्त्रणा गरिएको थियोे


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!