शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकमा दाहाल–नेपालपक्षको बैठक, पाँच नेता कारवाहीको सिफारिसमा

सिन्धुपाल्चोकमा दाहाल–नेपालपक्षको बैठक, पाँच नेता कारवाहीको सिफारिसमा


चौतारा । केन्द्रीय सर्कुलर अनुसार सिन्धुपाल्चोकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्यानलको बैठक भएको छ । सिंगो नेकपाको बैठक भनिएपनि त्यो भेलामा ओली पक्षका कुनै नेता सहभागी भएनन् ।
बैठकले दाहाल–नेपाल छाडेर जाने नेताहरुलाई कारवाहीको सिफारिससमेत गरेका छन् । जिल्ला स्तरीय बैठकले ओलीपक्षमा जाने पाँच नेतालाई कारवाहीका लागि केन्द्रीय कमिटिमा सिफारिस गरेका हुन् ।
नेकपा दाहाल–नेपाल पक्षका एक नेताका अनुसार प्रदेश पार्सद हारेर संघीय मन्त्री भएका दावा तामाङ सहित पाँच नेता कारवाहीको सिफारिसमा छन् । दावा ओली खेमाबाट युवा तथा खेलकुद मन्त्री बनेका छन् । स्रोतका अनुसार दावासहित डोल्मा तामाङ, होमनारायण श्रेष्ठ, सरेश नेपाल र हस्त पण्डितलाई कारवाहीका लागि सिफारिस गरिएको हो ।
आज भएको बैठकमा जिल्लाबाट प्रतिनिधि गर्ने केन्द्रीय सदस्यहरु, नेकपा बाग्मती प्रदेशका सदस्यहरु, नेकपा जिल्ला कार्यालयका सदस्यहरु र नेकपाक्षेत्रीय कमिटीका अध्यक्षहरुलाई निमन्त्रणा गरिएको थियोे । यी कमिटि भित्र पर्ने ओली प्यानल नजिकका नेताहरुको भने उपस्थित थिएन ।
असंवैधानिक कदमको दृढतापुर्वक प्रतिरोध गर्दै उपलव्दिहको रक्षाको निमित्त पार्टी केन्दीय कमिटी वाट घोषणा भएका सम्पुर्ण कार्यक्रमहरुमा सक्रियतापुर्वक सहागिता जनाउनको लागि मातहतका सम्पुर्ण पार्टी कमिटी , सदस्य र आम जन समुदायलाई अपिल गरेको जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले बताए


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!