आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिमन्त्री लामासहित ओली पक्षका चार केन्द्रीय सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही

मन्त्री लामासहित ओली पक्षका चार केन्द्रीय सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही


चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको छिट्टा जिल्ला जिल्लासम्म पुगेको छ । केन्द्रमा भएको विवादले जिल्ला तहसम्म नै असर पुगेको हो । सिन्धुपाल्चोकमा पनि यसको असर देखिन थालेको छ । केपी ओली पक्षका नेकपाले दाहाल-नेपाल पक्षलाई गाली गर्ने र दाहाल-नेपाल पक्षकाले केपी पक्षकालाई गाली गर्ने सम्म त सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो ।

पछिल्लो समय जिल्लामा जसको पकड छ उनीहरुले नै अर्का पक्षका नेतालाई कारवाही गर्ने परीपाटीसमेत देखिएको छ । जिल्लामा दाहाल-नेपाल पक्षको पकड राम्रो भएकाले पनि सिन्धुपाल्चोक जिल्ला कार्यालयको बैठकले केपी पक्षका पाँच नेताहरुलाई कारवाही गरेको हो । नेकपा  सिन्धुपाल्चोकको जिल्ला कार्यालयको आज बसेको बैठकले युवा तथा खेलकुद  मन्त्री दावा लामासहित अन्य चारजना नेतालाई कारवाही गरेको छ ।

बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी लामासहित, ओली पक्षमा लागेर भर्खरै केन्द्रीय सदस्यको सपथ लिएका सरेश नेपाल, होम नारायण श्रेष्ठ, हस्त पण्डित र डोल्मा तामाङलाई कारवाही गरेको नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अंसवैधानिक काम गरेको र त्यसको मतियार भएर मन्त्री बनेका नेकपा जिल्ला कार्यसमितिका सचिवसमेत रहेका मन्त्री लामालाई कारवाही गरेको सापकोटाले बताए । तत्कालिन नेकपा माओवादी र एमाले एकता हुँदा अध्यक्ष एमालेको भागमा परेको थियो भने सचिव माओवादीको भागमा परेको थियो । सोही एकतापश्चात दावा सचिव भएका थिए ।

बैठकमा जिल्ला इन्चार्ज देशबन्धु सापकोटा, सहइन्चार्ज माधव सापकोटा ‘सुवोध’, निवर्तमान मन्त्री सरद दुलाल, निवर्तमान सांसद शेरबहादुर तामाङ र नेता सुवाश कर्माचार्यलयागत सहभागी थिए ।

 

 


क्याटेगोरी : राजनीति, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!