Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिसिन्धु काँग्रेसले मेलम्ची र जलविरेमा सरकार विरुद्ध प्रदर्शन गर्ने

सिन्धु काँग्रेसले मेलम्ची र जलविरेमा सरकार विरुद्ध प्रदर्शन गर्ने


चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकले भोलि दुईवटा क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । काँग्रेस क्षेत्र नम्बर १ को जलविरे र क्षेत्र नम्बर २ कोे मेलम्चीम प्रदर्शन गर्न लागेको काँग्रेसले जनाएको छ । काँग्रेस केन्द्रले प्रतिनिधिसभा विघटनको विरुद्धमा १ सय ६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गर्न निर्देशन दिएपछि मेलम्ची र जलविरेमा प्रदर्शन गर्न लागेको हो ।

जलविरेको प्रदर्शनलाई काँग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सम्बोधन गर्नेछन् भने मेलम्चीको प्रदर्शनलाई केन्द्रीय सदस्य विष्णु विक्रम थापा, पार्टी सभापति विकास लामालगायतले सम्बोधन गर्ने काँग्रेस सचिव बिल बहादुर तामाङले जानकारी दिए ।

क्षेत्र नम्बर १ का नेता कार्यकर्तालाई जलविरेको प्रदर्शनमा सहभागि हुन र क्षेत्र नम्बर २ का नेता तथा कार्यकर्तालाई मेलम्चीमा हुने विरोध प्रदर्शनमा सहभागि हुन काँग्रेसले आवहानसमेत गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस