Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीतिखेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्छु: मन्त्री दावा लामा

खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्छु: मन्त्री दावा लामा


काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेका छन्। सिंहदरबारमा आइतबार युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गरे पछि युवा तथा खेलकुद मन्त्री लामाले खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री लामाले सबै पक्षसँग परामर्श गरेर परिणाम देखिने हिसाबले अघि बढ्ने बताए।

नव नियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य थिए। साथै, यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका छन्। विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका थिए।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस