Techie IT
Saturday, January 23,2021 / शनिबार, माघ १०, २०७७
×
गृहपृष्ठराजनीतिप्रदेश सभामा चुनाव हारेका दावा युवा तथा खेलकुद मन्त्री

प्रदेश सभामा चुनाव हारेका दावा युवा तथा खेलकुद मन्त्री


चौतारा । सिन्धुपाल्चोकका नेकपा नेता दावा तामाङ युवा तथा खेलकुद मन्त्री भएका छन् । पूर्वमाओवादी तामाङ नेकपा विभाजनमा प्रधानमन्त्री ओली पक्षमा लागेपछि गृहमन्त्री राम बहादुर थापाको सिफारिसमा युवा तथा खेलकुद मन्त्री भएका हुन् ।

गृहमन्त्री थापासँग निकट मानिएका तामाङ गत चुनावमा सिन्धुपाल्चोक दुई नम्बर क्षेत्र ‘ख’ बाट चुनाव लडेका थिए । उनी काँग्रेसका निमा लामासँग पराजित भएका थिए ।

माओवादीमा रहँदा सिन्धुपाल्चोकका सापकोटा परिवारसँग उनको विवाद हुँदै आएको थियो । तत्कालिन एमाओवादी फुट्दा उनी वैद्य समूहमा गएका थिए । गृहमन्त्री थापा एमाओवादी आएसँगैं उनी पनि एमाओवादी फर्किएका थिए ।

तामाङसँगै सभामुख अग्नि सापकोटासँग विमति राख्ने २०६४ को संविधानसभा सदस्य राजकुमार श्रेष्ठ र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सदस्य विदुर भारती लगायत पनि केपी पक्षमा लागेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस