Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठराजनीतिकेपीको मन्त्रीमण्डलमा सिन्धुपाल्चोकका दावा मन्त्री हुने पक्का

केपीको मन्त्रीमण्डलमा सिन्धुपाल्चोकका दावा मन्त्री हुने पक्का


चौतारा । सिन्धुपाल्चोकका नेकपा नेता दावा तामाङ मन्त्री बन्ने पक्कापक्की भएको छ । पूर्वमाओवादी तामाङ नेकपा विभाजनमा प्रधानमन्त्री ओली पक्षमा लागेपछि गृहमन्त्री राम बहादुर थापाको सिफरिसमा मन्त्री बन्न लागेका हुन् । मन्त्री बन्ने पक्कापक्की भएपनि कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन् । उनी शिक्षामन्त्री हुने सम्भावना रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

माओवादीमा रहँदा सिन्धुपाल्चोकका सापकोटा परिवारसँग उनको विवाद हुँदै आएको थियो । तत्कालिन एमाओवादी फुट्दा उनी वैद्य समूहमा गएका थिए । गृहमन्त्री थापा नेकपा आएसँगैं उनी पनि नेकपा आएका थिए । गत चुनावमा सिन्धुपाल्चोक दुई नम्बर क्षेत्र ख बाट चुनाव लडेका उनी काँग्रेसका निमा लामासँग पराजित भएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!