बुधबार, असोज ६, २०७८
गृहपृष्ठराजनीतिदुलाल र नेपालले दिए राजीनामा, नेकपा विवादले प्रदेशमा पनि शक्ति संघर्ष सुरु

दुलाल र नेपालले दिए राजीनामा, नेकपा विवादले प्रदेशमा पनि शक्ति संघर्ष सुरु


चौतारा । बागमती प्रदेश सरकारमा रहेका सिन्धुपाल्चोकका दुई मन्त्रीले राजीनामा दिएका छन् । उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् । नेपाल र दुलालसँगैं आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले समेत राजीनामा दिए ।

मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार जनताप्रति जवाफदेहीविहीन बन्दै गएको र यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित राजीनामा दिएको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेकपामा देखिएको विवादले प्रदेशमा समेत शक्ति संघर्ष सुरु भएको छ । वाग्मती प्रदेश सभाका ४५ प्रदेश सभा सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराएका छन् ।

,


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!