गृहपृष्ठ ∕ राजनीति ∕ संसद विघटनको विरोधमा चौतारामा अनेरास्ववियुको मसाल जुलुस संसद विघटनको विरोधमा चौतारामा अनेरास्ववियुको मसाल जुलुस सिन्धु खबर पुस ९, २०७७ गते २०:४२ मा प्रकाशित चौतारा । संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कू विरुद्ध सिन्धुपाल्चोकमा विद्यार्थीहरुले मसाल जुलुस गरेका छन् । अहिले साँझ अनेरास्ववियु सिन्धुपाल्चोकले सदरमुकाम चौतारामा मसाल जुलुस गरेको हो । अनेरास्ववियु केन्द्रले आज देशभरको जिल्ला सदरमुकाममा मसाल जुलुस गर्न भनेसँगैं सिन्धुपाल्चोकमा पनि मसाल जुलुस निस्किएको छ । मसाल जुलुस प्रेसचोकबाट सुरु भएर टुडिखेलसम्म पुगेको छ । प्रहरी हस्तक्षेपको प्रयास भएपनि मसाल जुलुस शान्तिपुर्ण रुपमा सम्पन्न भएको अनेरास्ववियुका जिल्ला संयोजक मिलन लामाले जानकारी दिए । दाहाल-नेपाल पक्षका विद्यार्थीहरु मसाल जुलुसमा सहभागि भएका थिए । प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरेपछि नेकपा टुक्रेर दुइवटा भएको छ । ओलीले गरेको कू को विरुद्ध नेकपाकै अर्को पक्ष दाहाल-नेपाल पक्षले आन्दोलन गर्ने बताएको छ । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे