गृहपृष्ठ ∕ राजनीति ∕ कार्यकर्ताको दवाब थेग्न नसकेर फर्किए तामाङ दाहाल–नेपाल खेमामै कार्यकर्ताको दवाब थेग्न नसकेर फर्किए तामाङ दाहाल–नेपाल खेमामै Sindhu Khabar पुस ९, २०७७ गते १४:०९ मा प्रकाशित चौतारा । नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शेरबहादुर तामाङ ओली पक्षबाट दाहाल नेपाल पक्ष तर्फ फर्किएका छन् । जिल्लामा कार्यकर्ताको दबाव थेग्न नसकेर तामाङ दाहाल ओली पक्षमा फर्किएको स्रोतले बताएको छ । सिन्धुपाल्चोकमा केपी पक्ष भन्दा दाहाल नेपाल पक्षको पकड राम्रो मानिन्छ । केही नेताबाहेक जिल्लामा अधिकांश नेता दाहाल नेपाल पक्षमा नै छन् । जिल्लाको कुरा गर्दा २ नम्बर क्षेत्रमा तामाङ पार्टीभित्र सर्वमान्य नेताका रुपमा चिनिन्छन् । लामो समय तत्कालीन नेकपा एमालेमा माधव नेपालको पक्षमा रहेका तामाङ केपी पक्षमा जाँदा उनको अनुयायी नेता तथा कार्यकर्ता निराश भएका थिए । तामाङ समुदायको समेत बाहुल्य रहेको २ नम्बर क्षेत्रमा तामाङले लोकप्रिय मत समेत पाउँदै आएका थिए । उनी केपी पक्षमा जाँदा दाहाल–नेपाल खेमाको सर्वमान्य नेता नहुने र उनका पछि पछि लागेर नेता कार्यकर्ता केपी पक्षमा नजाने भएकाले उनी नेपाल पक्षमै फर्किएको बताइएको छ । दाहाल–नेपाल पक्षमा रहँदा टिकट पनि पाउने र जित्न पनि सजिलो हुनसक्ने सोचेर नै तामाङ यता फर्किएकका हुन् नाम नबताउने सर्तमा एक नेताले भने । सांसद समेत रहेकी उनकी श्रीमती उषकला राईले समेत प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको केन्द्रीय सदस्य पद अस्विकार गरेको बताएकी छिन् । पहिला पार्टी फुटेर माले र एमाले बन्दा पनि शेरबहादुर वामदेवको पछि लागेर एमाले भएका थिए । तत्कालिन समयमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको महासचिव रहेका तामाङ अध्यक्ष बन्न त्यता लागेको बताइन्छ । मालेमा रहँदा २०५६ सालमा चुनाव हुँदा ११ सय मत मात्रै ल्याएका थिए । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे