गृहपृष्ठ ∕ राजनीति ∕ संसद विघटनले मर्माहत छु: सभामुख सापकोटा संसद विघटनले मर्माहत छु: सभामुख सापकोटा सिन्धु खबर पुस ८, २०७७ गते २०:०२ मा प्रकाशित काठमाडौं । संसद विघटन भएको चार दिनपछि सभामुख अग्नि सापकोटाले संसद विघटनले मर्माहत बनाएको प्रतिक्रिया दिएका छन् । पुस १७ गते प्रतिनिधिसभाको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधिसभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधिसभा र आफू मर्माहत भएको उनले बताएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, `संविधानको रक्षा र पालना गर्नु सिंगो मुलुकको पमुख कार्यभार हो ।` संविधानको रक्षार्थ पुन एकपटक सबै राजनितिकदल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत तथा सम्बद्ध सबै पक्षलाई संवेदनशील र गम्भीर बन्न पनि सभामुख सापकोटाले आग्रह गरेका छन् । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तहगत समायोजन र क्रियाशील विवादकाे टुंगो बस्नेत र लामाले लगाउने प्रेस चाैतारी सिन्धुपाल्चोककाे संयाेजक र सहसंयाेजकमा आचार्य र नेपाल सिन्धुपाल्चोकमा माओवादीकाे कार्यालय स्थापना मेलम्चीको मुहानमा किसुनजीको शालिक बनाउँछौंः विभाग प्रमुख बस्नेत धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम