Techie IT
Sunday, February 28,2021 / आईतबार, फागुन १६, २०७७
×
गृहपृष्ठराजनीतिओलीको केन्द्रीय समितिमा सिन्धुपाल्चोकका पाँच नेता मनोनीत

ओलीको केन्द्रीय समितिमा सिन्धुपाल्चोकका पाँच नेता मनोनीत


चौतारा । नेकपाको विवाद चरम उत्कर्षमा पुगेपछि पार्टी फुटको संघारमा छ । विधिवत रुपमा पार्टी दुई टुक्रा नभएपनि दुई अध्यक्षले छुट्टा छुट्टै केन्द्रीय समिति बैठक बोलाएर पार्टी दुईवटा भएको सन्देश दिइसकेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समिति ४ सय ४६ मा थप ५ सय ५६ बढाएर १ हजार १९९ जनाको अधिवेशन तयारी समिति घोाषण गरेका छन् ।

अर्का अध्यक्ष पुष्प कमल दाहालले राखेको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाएको छ । केन्द्रको नेकपा विवादले जिल्लामा पनि प्रत्यक्ष असर पारेको छ । ७७ वटै जिल्लाबाट केही मानिसहरु थपेर ओलीले केन्द्रीय सदस्यको संख्या बढाएका छन् । अर्को तर्फ पार्टी कार्यालय कसको हुने भनेर ओली र दाहाल नेपाल समुहले ठाउँ ठाउँमा ताला लगाएर पार्टी कार्यलय कब्जा गरेका छन् ।

सिन्धुपाल्चोकबाट पनि ओलीले केन्द्रीय समितिमा पाँच जना मनोनित गरेका छन् । शेर बहादुर तामाङ, सरेश नेपाल, होम नारायण श्रेष्ठ, हस्त पण्डित र डोल्मा तामाङलाई मनोनित गरेका छन् । यी सबै पूर्व नेकपा एमाले हुन् । शेरबहादुर र डोल्मा यसअघि माधव कुमार नेपालसँग नजिक थिए । भने जिल्लामा होमनारायण, सरेश र हस्त पण्डित ओली निकटका मानिन्थे ।

ओलीको पकड जिल्लामा यसअघि केही कमजोर देखिए पनि अहिले निकै बढेको देख्न सकिन्छ । शेरबहादुरलाई क्षेत्र नम्बर २ को निर्विकल्प नेताका रुपमा लिइन्थ्यो । गुटका आधारमा उनी ओली तर्फ लागेपछि २ नम्बर क्षेत्रको नेपाल-दाहलको नेतृत्व कसले गर्छ हेर्न बाँकी छ ।

पूर्व एमाओवादीका नेता दावा लामा समेत ओली तर्फ जानेकी दाहाल समूहमै रहने अन्योलमा रहेको उनी निकट स्रोतले बतायो । दावा गृहमन्त्री रामबहादुर थापासँग नजिक रहेको बताइन्छ । थापा नै कता जाने अन्योलमा रहेका छन् । पछिल्लो समय ओली निकट देखिएका थापा जनयुद्ध गरेर आएको सारथी छोड्ने कि ओलीलाई पक्रने दुविधामा छन् ।

यसअघि दुवै अधयक्षले बोलाएको बैठकमा उनी सहभागी भएनन् । यसैगरी हेर्दा जिल्लामा अग्नि सापकोटा, अरुण नेपाल, अमृत बोहोरा,  सुवास कर्माचार्य, माधव सापकोटा, युवराज दुलाललगायतका नेता भने दाहाल नेपाल समुहकै रहने निश्चित छ । यसरी हेर्दा पनि जिल्लामा अहिले ओली भन्दा दाहाल-नेपालको नै पकड छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस