Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठराजनीतिक्षेत्र नम्बर २-काठमाडौं सम्पर्क समिति संयोजकमा बाँनिया

क्षेत्र नम्बर २-काठमाडौं सम्पर्क समिति संयोजकमा बाँनिया


काठमाडौं । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ काठमाडौं सम्पर्क समितिको संयोजकको जिम्मेवारी उद्धव बानियाँले पाएका छन् । आज काठमाडौंमा पार्टी सभापति विकास लामाले संयोजकमा बाँनियलाई मनोनित गरेका हुन् ।

बालियाँलाई ६ महिनाभित्र सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट आएर काठमाडौंमा पेशा, व्यवसाय गर्ने नेपाली काँग्रसमा आस्था राख्ने व्यक्तिहरुको लगत संकलनको जिम्मा पनि दिइएको छ । साथै ६ महिनाभित्र कार्यसमितिको विस्तार गरी अधिवेशन सम्पन्न गर्न पनि जिम्मेवारी दिइएको छ ।

बानियाँ नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य हुन् । इन्द्रावती गाउँपालिका ३ कुञ्चोक स्थायी ठेगाना भएका बानियाँ पछिल्लो समय काँग्रेसमा सक्रिय देखिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!