Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठराजनीतिसंसद विघटन, वैशाख १७ र २७ आमनिर्वाचन

संसद विघटन, वैशाख १७ र २७ आमनिर्वाचन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिस राष्ट्रपति भण्डारीले स्विकृत गरेकी छिन् ।

भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एंव संसदीय प्रणालीको आधारभूत मर्म एंव मूल्य मान्यता अनुसार ताजा जनादेशका लागि जनतासमक्ष जान भन्दै विघटनको प्रस्ताव स्विकृत गरेकी हुन् ।

ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते शुक्रबार र वैशाख २७ गते सोमबार प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस