सोमबार, कात्तिक ८, २०७८
गृहपृष्ठराजनीतिभ्रष्टाचारमा १ नम्बर भएको भन्दै प्रधानमन्त्रीलाई बधाई

भ्रष्टाचारमा १ नम्बर भएको भन्दै प्रधानमन्त्रीलाई बधाई


बाह्रविसे । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेपाल भ्रष्टाचारमा १ नम्बर भएको भन्दै  प्रधानमन्त्री केपी ओलीलाई व्यंग्यात्मक रुपमा बधाई दिएका छन् ।
आज नेपाल बिद्यार्थी संघ क्षेत्र नं १ सिन्धुपाल्चोकद्वारा अरनिको कलेज जाने द्वार र बाह्रबिसे बजारको मुख्य चोकमा नेपाललाई एशियाको सर्बोकृस्त १ भ्रस्टाचारमा नाम राख्न सफल भएकोमा हार्दिक बधाई व्यंग्यात्मक व्यानर बोकी सांकेतिक प्रदर्शन गरेको हो ।

क्षेत्रीय अध्यक्ष हेमन्त श्रेष्ठको नेतृत्वमा नेपालमा चरम भ्रस्टाचार भएको कुरा संसार भर गुन्जिदा पनि कानमा तेल हालेर बस्ने र जिम्मेवार प्रधानमन्त्रीले खाली व्यंग्य गरि बस्ने भन्दै प्रदर्शन गरिएको थियो । नेपाललाई सोमालीया बनाउने क्रियाकलाप गरेर बस्ने सरकारलाई जति सजक र बिरोध गर्दा कुनै पनि सुधारको बाटोमा नगएकाले प्रधानमन्त्री जस्तै व्यंग्यात्मक तरिकाले बिरोध गरेको सभापति श्रेष्ठले बताए ।

भ्रष्टाचार, बलात्कार र हत्या हिंसा मौलाउदै जादा समेत सरकारले प्रोत्साहन गर्ने काम गरेको आरोप विद्यार्थीको छ । नेपालको इतिहासमा शक्तिशाली सरकार हुँदा समेत कुनै पनि बिकास गर्न नसक्ने कम्युनिष्ट सरकारले राष्ट्रिय मुद्दाहरुमम समेत नाङ्गो राष्ट्रवाद प्रस्तुत गरेको क्षेत्रीय उपाध्यक्ष भवेश श्रेष्ठले बताए । उक्त प्रदर्शनमा ने.वि. संघ नेता उमेश श्रेष्ठ, गौरब श्रेष्ठ, अरनिको कलेजको नेता गणेश श्रेष्ठ, राजेश श्रेष्ठ र शारदा मा.वि को नेता निश्चल श्रेष्ठ लगायतको उपस्थितिमा १५ मिनेट प्रदर्शन गरिएको थियो । नेपाली कांग्रेसले मंसीर २९ गते देशव्यापी बिरोध प्रदर्सनमा सबैलाई उपस्थिति भई देश जोगाउन सबै जनता सडकमा आउनलाई अनुरोध समेत गरेको छ


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!