Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठराजनीतिभ्रष्टाचार रोक्न राप्रपा सक्रिय हुने

भ्रष्टाचार रोक्न राप्रपा सक्रिय हुने


चौतारा । राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक जिल्लामा भएका भ्रष्टाचार र अनियमितताको विषयमा उत्रने भएको छ । विभिन्न स्थानीय तहलगायतका कार्यालयमा हुने गरेका अनियमितताका कारण समाज विकासमा बाधा पुगेको भन्दै राप्रपा भ्रष्टाचार रोक्न सक्रिय हुन लागेको हो ।
राप्रपा समायोजन पछिको जिल्ला समितिको बैठकमा भ्रष्टाचारको विरोधमा सबै पार्टीपंक्ति लाग्नुपर्ने निर्णय समेत गरिएको छ । जिल्ला तहका उच्च नेता र केन्द्रीय सदस्यहरुले कार्यकर्तालाई भ्रष्टाचार रोक्नका लागि सक्रिय हुन निर्देशनसमेत दिएका छन् ।
बैठकले पार्टीको वडाअधिवेशन मंसिर तेस्रो साताबाट र क्षेत्रीय अधिवेशन चैत अन्तिम सातासम्म गर्ने निर्णयसमेत गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस