Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठराजनीतिसरकार इतिहाँसकै सबैभन्दा विवादित, भ्रष्ट, बदनाम र जनविरोधी भएको काँग्रेस सभापतिहरुको ठहर

सरकार इतिहाँसकै सबैभन्दा विवादित, भ्रष्ट, बदनाम र जनविरोधी भएको काँग्रेस सभापतिहरुको ठहर


काठमाडौं । वर्तमान सरकार इतिहासकै सबैभन्दा विवादित, भ्रष्ट, बदनाम र जनविरोधी भएको काँग्रेसले आरोप लगाएको छ । कोभिड १९ को महामारी र संक्रमणका बेला समेत संविधानप्रदत्त जनताका मौलिक अधिकारको बिपक्षमा उभिने सरकार गरीब, निमुखा, असहाय, किसान, मजदुर, बेरोजगार कसैको पक्षमा नरहेको प्रष्ट भएको काँग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला सभापतिहरूको जुम बैठकले शिक्षा, स्वास्थ्य, जनजिविका र सामाजिक सुरक्षाको क्षेत्रमा सरकार पूर्णत असफल भइसकेको निष्कर्ष निकालेको हो । सरकारका कुनै पनि कदम जनताका पक्षमा भन्दा आफ्नै स्वार्थ समूहको हीतमा लक्षित रहेको र अन्तर्राष्ट्रीय सम्वन्धसमेत अस्थीर, अपरिपक्व र असन्तुलित बन्दै गएको सभापतिहरुको बैठकले निष्कर्ष निकालेको काँग्रेस जिल्ला सभापति विकास लामाले बताए ।

सरकार जनजीविकाका सवालमा मौन रहेको र अत्यावश्यक सामग्रीहरुको बजारमा चरम अभाव भएकोप्रति काँग्रेस सभापतिहरुले आक्रोश पोखेका छन् । कालोबजारी नियन्त्रण गर्ने सम्यन्त्र निकम्मा सावित भैसकेको र सरकार बिचौलियाहरुसँग मिलेर असुली धन्दा चलाई रहेको सभापतिहरुको आरोप छ ।

मुलुक साह्रै बेथितिबाट चलेको कारणले जनता निस्सासिएर, छटपटाएर बस्न विवस भएको सिन्धुपाल्चोक सभापति लामाले बताए । `यस्तो अवस्थामा नेकपाको सरकार र यसका गतिबिधिहरू नियन्त्रण गर्न र यस अवस्थाबाट जनतालाई मुक्ति दिन कांग्रेस सशक्त रूपबाट जनताको पक्षमा उभिनु जरूरी भैसकेको छ, लामाले भने, यो नै आजको आवश्यकता र लोकतान्त्रिक पार्टीको दायित्व पनि हो ।` सभापतिहरुले यथाशिघ्र पार्टीको १४ औं महाधिवेशनका गतिविधि अघि बढाउन पनि नेतृत्वसँग माग गरेका छन् । अमेरिका र भारतमा चुनाव भैरहेका समयमा कुनै बहानामा महाधिवेशन सार्न नहुनेमा उनीहरुले जोड दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!