Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठराजनीतिमेलम्चीमा सय बढी काँग्रेसमा प्रवेश

मेलम्चीमा सय बढी काँग्रेसमा प्रवेश


चौतारा । मेलम्ची नगरपालिका ११ मा सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रदेश सभासद निमा लामाका अनुसार मंगलबार भएको चियापान तथा दशै तिहारको शूभकामना आदान प्रदान कार्यक्रममा १ सय १५ जना काँग्रेस प्रवेश गरेका हुन् ।

राप्रपा र नेकपा परित्याग गरी उनीहरु काँग्रेस प्रवेश गरेको काँग्रेस सभापति विकास लामाले बताए । काँग्रेस प्रवेश गर्नेलाई सभापति लामा, प्रदेश सभा सदस्य निमा र क्षेत्रीय सभापति आइतमान तामाङले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

नगरपालिकाले गरेको कार्यशैली मन नपरेर आफूहरु काँग्रेस प्रवेश गरेको उनीहरुले बताएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस