Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठराजनीतिनेकपा सरकार देश र जनताको नजरबाट गिरिसक्योः पूर्वमन्त्री बस्नेत

नेकपा सरकार देश र जनताको नजरबाट गिरिसक्योः पूर्वमन्त्री बस्नेत


बाहबिसे । बिजया दशमीको अवसरमा नेपाली काँगे्रस बाह्रबिसे नगरपालिका इकाई समितिले शनिबार बाह्रबिसेमा गरेको शुभकामना कार्यक्रममा सय बढी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता नेपाली काँगे्रसमा प्रवेश गरेका छन् । नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावलीको अवसरमा नेपाली काँगे्रस बाह्रबिसे नगरपालिका इकाई समितिले कोभिड १९ को उच्च सर्तकर्ता अफ्नाएर सामाजिक दुरीका साथ शुभकामना आदान प्रदान गरेको थियो ।

चियापान कार्यक्रममा दुई दर्जन बढी नेकपाका कार्यकर्तालाई काँगे्रसमा भित्र्याएको पनि बताए । नेकपाको स्थानीय देखि केन्द्रीय सरकारले हामी जस्ता निमुखा र गाँउका नागरिकलाई वास्ता नै नगरेको नवप्रवेशी बिष्णु रुम्बाले दुखसो पाखे । बाह्रबिसे नगरपालिका ३ वालुवाखानीका रुम्बाले बाह्रबिसे नगरपालिकाले जनताको काम नगरेर पूर्व एमाले र पूर्व माओबादीको हितमा मात्रै काम गरेको आरोप लगाए ।

सो कार्यक्रमलाई सम्बोधन गर्नु हुदैं नेपाली काँगे्रस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले नेकपा सरकार देश र जनताको नजरबाट गिरिसकेको बताए । कोभिड १९ बाट सरकारले जनतालाई जोगाउन नसकेको, स्वास्थ सामाग्री लगायत बिकास निमार्णमा ब्यापक भष्ट्रचार, अनिमियतता गरेको, स्थानीय देखि केन्द्रसम्म एकलौटी ढंगले मनपरी काम गरेकोले सरकार जनताप्रति संबेदनशील नभएको पूर्व सूचना तथा संचारमंत्री समेत भईसकेका बस्नेतले आरोप लगाए ।

काँगे्रसका १ नम्बर क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिकाले नेकपाको मात्रै काम गरेको बताए । सो नगरपालिका र मेयर निमफुञ्जो शेर्पाले छानीछानी नेकपालाई मात्रै हित हुने कार्य गरेको सभापति बस्नेतले आरोप लगाए । मेयर शेर्पाले गलत आचारण र कार्य नसच्याए काँगे्रसले आन्दोलनको आँधीबेरी ल्याउने उनले चेतावानी दिए । सो कार्यक्रममा महाधिबेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, नगर संयोजक रेशम तामाङ लगायतको सहभागिता थियो ।

 

 


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस