Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठराजनीतितरुण दल अध्यक्ष लामाको पहलमा माक्स र खाद्यान्न वितरण

तरुण दल अध्यक्ष लामाको पहलमा माक्स र खाद्यान्न वितरण


चौतारा । तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले सिन्धुपाल्चोकमा माक्स र खाद्यान्न सहयोग गरेका छन् । कोरोना संक्रमण र बाढी पहिरोबाट पीडितलाई लामाले २५ हजार पीस माक्स र खाद्यान्न सहयोग गरेका हुन् । उनले सिन्धुपाल्चोकका गाउँपालिका र नगरपालिकाका काँग्रेस कार्याकर्तालाई कोरोना विपतिबाट बचाउन माक्स वितरण गरेको बताए ।

`कोरोना निकै नै बढेको छ उनले भने, दशैमा अझ मानिसहरुबीच सम्पर्क बँढ्ने हुँदा संक्रमणबाट जोगिन माकस उपयोगी हुन्छ भनेर वितरण गरेको हुँ ।` गाउँपालिका र नगरपालिकाका तरुण दलका सभापतिहरुलाई काठमाडौमा बोलाएर माक्स वितरणका लागि पठाएको उनले जानकारी दिए । शुक्रबार र शनिबार ती माक्सहरु जिल्लामा वितरण भइसकेका छन् ।

यसैगरी लामाले बाढी पहिरोको विपतिबाट आहात भएका जनतालाई खाद्यान्न सहयोग गरेका छन् । लामाले घलंकसा र चोकटीका ८९ परिवारलाई चामल सहयोग गरेका हुन् । बाह्बिसे नगरपालिका घलंसाका पीडितहरुलाई ५६ बोरा चामल र त्रिपुरासुन्दरी गाउँपालिका चोकटीका ३३ परिवारलाई ३३ बोरा चामल वितरण गरिएको छ । पहिरो पीडितहरुले दशै मनाउन खाद्यान्न अभाव भएको जनगुनासो गरेपछि लामाले उक्त खाद्यान्न तरुण दलको पहलमा वितरण गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस