Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठराजनीतिकाँग्रेस सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रीय उपसभापतिमा लामा मनोनित

काँग्रेस सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रीय उपसभापतिमा लामा मनोनित


चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को उपसभापतिमा राम कुमार लामा मनोनित भएका छन् । आज बाह्रबिसेमा आयोजित दशैको शूभकामना तथा चियापान कार्यक्रममा लामालाई उपसभापतिमा मनोनित गरिएको हो ।

लामा स्थानीय तहको निर्वाचनमा बलेफि गाउँपालिकाको अध्यक्षका प्रत्यासि थिए । झिनो मतान्तरले हारेका लामा उपसभापतिमा मनोनित भएका हुन् । काँग्रेसको १४ औ जिल्ला अधिवेशनको संघारमा लामालाई उपसभापतिमा नियुक्त गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो अवसरमा नेकपा परित्याग गरी केही नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस