Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठराजनीतिसिङपाल काभ्रे र स्याउलेका दर्जन बढी युवा काँग्रेसमा प्रवेश

सिङपाल काभ्रे र स्याउलेका दर्जन बढी युवा काँग्रेसमा प्रवेश


चौतारा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ साविक सिङपाल काभ्रे ,वडा न ३ साविक कुन्चोक र चौतारासाँगाचोक गढी नगरपालिकाको-१ स्याउले ,वडा न ३ साविक बतासेबाट नेकपा पार्टी परित्याग गरि १३ जना तामाङ युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

आज सिन्धुपाल्चोक कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय चौतारामा १३ जना नवप्रवेशी लाई स्वागत सम्मान र साधरण सदस्यता वितरण गर्दै पार्टीमा उचित स्थान दिइने कांग्रेस जिल्ला सचिव बिल बहादुर तामाङले बताए। प्रवेश गर्नेहरुमा विपिलाल तामाङ, सुजन तामाङ, सुक बहादुर तामाङ, सोनाम तामाङ, कल्तेन तामाङ, रमेश तामाङ, राहुल तामाङ, आशिष तामाङ, विशाल लोप्चन, फुर्पा तामाङ, बिबेक तामाङ, बुद्द तामाङलगायतका युवाहरू कांग्रेस प्रवेश गरेका हुन्।

उनीहरुलाई सचिव तामाङले खादाले स्वागत गरेका थिए। कोभिड-१९ को त्रास कायमै रहेको नेपाल सरकार र विश्व स्वास्थ्य सङघठनको नियम लाई पालना गर्दै कार्यक्रम गरिएको हो।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस