गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा सिन्धुपाल्चोकले दशैंको अवसरमा कुनै कार्यक्रम नगर्ने नेकपा सिन्धुपाल्चोकले दशैंको अवसरमा कुनै कार्यक्रम नगर्ने सिन्धु खबर असोज ३०, २०७७ गते १९:४२ मा प्रकाशित चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले चाडपर्वको समय पारेर गर्दै आएको कुनै पनि कार्यक्रम यसवर्ष नगर्ने भएको छ । आज अध्यक्ष झम्क नेपाल र सचिव दावा लामाले विज्ञप्ति जारी गर्दै नेकपाले दशैको अवसरमा गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने भएको हो । विज्ञप्तिमा उल्लेख गरिएको छ, `नेकपाले गर्ने विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रमलगायत अन्य कुनै पनि कार्यक्रम नगर्न सम्पूर्ण तहलाई सूसिचत गरिन्छ ।` नेकपाले जहाँ छौं त्यही बसेर उच्च मनोबलका साथ चाडवाड मनाउन पनि सम्पूर्णलाई हार्दिक अनुरोध गरेको छ । नेकपाले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत र ल्होछारलगायतका सम्पूर्ण चाडपर्वको सबैमा हार्दिक शूभकामना पनि व्यक्त गरेको छ । कोरोना कहरका बीच अग्र पंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , संचारकर्मी, जनप्रतिनिधि उद्योगी, व्यापारीलगायत सबैलाइ नेकपा हार्दिक धन्यवाद व्यक्त गर्दछ विज्ञप्तिमा भनिएको छ । क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय नेकपा(आेलीपक्ष) ईन्द्रावतीमा विभिन्न संगठन गठन खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध सिन्धुपाल्चोककाे सबै वडामा कांग्रेसकाे बिराेध धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह