Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठराजनीतिराप्रपा पार्टी एकतापछि गाेपालकाे अध्यक्षतामा नयाँ जिल्लासमिति

राप्रपा पार्टी एकतापछि गाेपालकाे अध्यक्षतामा नयाँ जिल्लासमिति


चाैतारा । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकतापछि सिन्धुपाल्चोकमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएकाे छ । नरसिह श्रेष्ठ (गाेपाल)काे अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति गठन गरिएकाे हाे ।
दिपकराज खरेल सहअध्यक्ष रहेकाे समितिकाे उपाध्यक्षमा टीकालक्ष्मी श्रेष्ठ, हिराप्रसाद नेपाल र हाेमप्रसाद भट्टराई रहेका छन् । त्यस्तै गरि सचिवमा नातिकाजी सापकाेटा, सहसचिवमा दीपक थापा, काेषाध्यक्षमा कृष्णबहादुर गिरी र सहकाेषाध्यक्षमा दुर्गा नेपाल रहेका छन् । पार्टीको जिल्ला प्रवक्तामा हरि नेपाल चयन गरिएकाे छ । याे सहित राप्रपाले ३९ सदस्यीय नयाँ समिति गठन गरेकाे हाे ।
पुर्व साँसद तथा केन्द्रीय सदस्य चलनबहादुर तामाङसहित अन्य केन्द्रीय सदस्यहरूकाे उपस्थितिमा नयाँ समिति गठन गरिएकाे राप्रपा सिन्धुपाल्चोकले जनाएकाे छ ।
नयाँ समिति गठनसँगै राप्रपाले क्षेत्रीय तथा वडा कमिटी छिट्टै गठन गर्दैछ । पार्टी एकता समायाेजन कार्यक्रममा नेताहरूले पार्टी एकिकरणलाई जाेड दिने बताएका थिए । पार्टीमा हुने गरेकाे काेठे बैठककाे अन्त्य हुनुपर्नेमा नेताहरूले जाेड दिए ।
पार्टीलाई शक्तिमा पुर्याउनुपर्नेमा सबै लाग्नुपर्ने पुर्व सभासद तामाङले बताए । काेठे बैठककै कारण कुनै पनि संघ/संगठनमा अाफु ईतरमा ब्यक्ति हावी हुने गरेकाे नयाँ जिल्ला कार्यसमितिका सहसचिब दीपक थापाकाे भनाइ छ । उनले पछिल्लो समय निर्माण व्यवसायी संघमा पार्टीबाट हुनुपर्ने मनाेनित सदस्यमा व्यक्तिहावी भएकाे उनकाे अाराेप छ ।
संघमा मनाेनित सदस्य विवादलाई नयाँ कार्यसमितिकाे पहिलाे वैठकले निर्णय गरि पठाउने अध्यक्ष श्रेष्ठले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस