Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठराजनीतिनेकपाले सार्वजनिक गर्‍यो प्राकृतिक प्रकोप अध्ययन प्रतिवेदन

नेकपाले सार्वजनिक गर्‍यो प्राकृतिक प्रकोप अध्ययन प्रतिवेदन


सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पाटी (नेकपा) जिल्ला कमिटिले प्राकृति प्रकोप, अध्ययन, न्यूनीकरण तथा सहजीकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्लामा भएको प्राकृतिका प्रकोपका घटनाहरुको तत्काल रोकथाम, न्यूनीकरण एवं दिर्घकालिन व्यवस्थापनका विषय समेटेर तयार पारेको प्रतिवेदन आइतबार पार्टीको वागमती प्रदेश कमिटीलाई बुझाएको छ ।

उक्त प्रतिवेदन पार्टीका जिल्ला अध्यक्ष झम्क नेपाल, सचिव दावा तामाङ, पूर्वसांसद सुभाष कर्माचार्यलगायको नेतृत्वमा राजधानी गएको टोलीले वागमती प्रदेश अध्यक्ष्य नारायण दाहाल र इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हस्तान्तरण गरेको छ । राजनीतिक दलले प्राकृतिक प्रकोपका विषयमा प्रतिवेदन बनाएर पार्टीमार्फत सरकारलाई सुझाव दिएको सम्भवतः जिल्लामा पहिलो घटना हो ।

उक्त प्रतिवेदन तयार गर्न नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाको संयोजनमा गत जेठमा ५ सदस्यीय जिल्ला प्राकृतिक प्रकोप, न्यूनीकरण तथा सहजीकरण कार्यदल गठन गरेको थियो । कार्यदलले जिल्ला तथा केन्द्रीय तहका नेताहरु, पार्टी कमिटी र प्राविधिकहरुसँग छलफल गरेर प्रतिवेदन तयार गरेको हो । अध्यक्ष नेपालका अनुसार प्रतिवेदनमा तत्कालको राहत, जोखिम बस्ती स्थानान्तर, क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणलगायत अल्पकालिन तथा दिर्घकालिन योजनाका विषय उल्लेख गरिएको छ ।

२०७१ सालको जुरेपहिरो, २०७२ सालको भूकम्प, एवं गत असारयताको बाढीपहिरोले जिल्लामा ठूलो जनधनको क्षति भएको छ । तीन सय भन्दा बढी बस्तीहरु जोखिममा परेका छन् । संयोजक सापकोटाले जिल्लामा हुने प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सुझावसहितको प्रतिवेदन तयार गरेको जानकारी दिए ।

उनले भने, ‘बरु थोरै काम गरौं तर दिर्घकालिन रुपमा टिकाउ हुने संरचना बनाऔं भन्ने हो ।’ जिल्ला समन्वय समितिले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन अनुसार गत असारयता मात्र जिल्लामा प्राकृतिक प्रकोपबाट ७७ जानको ज्यान गएको छ । ३८ जना बेपत्ता छन् । ६ सय भन्दा बढी घरधुरी विस्थापित गर्नुपर्ने अवस्थामा रहेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस