गृहपृष्ठ ∕ राजनीति ∕ बझाङ घटनालाई गम्भीर रुपमा लिएको छुः सभामुख सापकोटा बझाङ घटनालाई गम्भीर रुपमा लिएको छुः सभामुख सापकोटा सिन्धु खबर असोज १३, २०७७ गते १५:३८ मा प्रकाशित काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए । सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । उनले आफ्नो तर्फबाट समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विकलगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहिका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाहि र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए । क्याटेगोरी : राजनीति ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे