गृहपृष्ठ ∕ राजनीति ∕ मेयर शेर्पाले भने, `बाह्रबिसेमा काँग्रेस आफै सकिन्छ` मेयर शेर्पाले भने, `बाह्रबिसेमा काँग्रेस आफै सकिन्छ` सिन्धु खबर असोज ११, २०७७ गते १८:४२ मा प्रकाशित बाह्रबिसे । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बाह्रबिसेमा काँग्रेस आफै सकिने बताए । आज बाह्रबिसेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मेयर शेर्पाले काँग्रेसका पछिल्ला गतिविधिले नै बाह्रबिसेमा काँग्रेसको अस्तित्व सकिन लागेको दावी गरे । उनले काँग्रेस व्यक्तिगत रुपमा चल्ने र व्यक्तिलाई जे मन लाग्यो त्यही गर्ने अनुशासनहीन पार्टी भएको आरोप लगाए । उनले नेकपाले जितेपछि बाहरबिसेमा विकासका धेरै काम गरेको बताए । गाउँ गाउँमा विकासको लहर लिएर नेकपा पुगेको बताउँदै उनले काँग्रेस विकास विरोधी भएको आरोप दोहोर्याए । पूर्वमन्त्री मोहन बहादुर बस्नेतको नामै किटेर उनले मोहन बहादुर बस्नेतले बाह्रबिसेमा विकासको कुनै पनि काम नगरेको बताए । बस्नेतले सरकारी बजेटले सवै आफ्नो घर जाने बाटो र कम्पाउण्ड बनाएको आरोप लगाए । कांग्रेसप्रति निकै आक्रोसित हुंदै शेर्पाले उनले गाउंमा आफ्नै घरमा गरेको विकास हेर्न आग्रह गरे । पछिल्लो समय बाह्रबिसे नगरपालिका र काँग्रेसबाट मेयरका प्रत्यासी बालकृष्ण बस्नेतबीच द्धन्द्ध बढेको छ । काँग्रेसीहरुले मेयर शेर्पाले जबरजस्त बस्नेतलाई फसाएर मुद्दा चलाएको आरोप पनि छ । बाह्रबिसेमा कोरोना कहरकाबीच आज नेकपाले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । जसमा सामाजिक दूरीको वेवास्ता गर्दै मानिसहरु बसेका थिए । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे