Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठराजनीतिमन्त्रीले गरे सावेल र डोजर चलाएर सडक उद्घाटन

मन्त्रीले गरे सावेल र डोजर चलाएर सडक उद्घाटन


चौतारा । चौतारा बसपार्क-सिपाघाट-कातिके-काठमाडौं सडकको झ्याडी-देउराली खण्ड स्तरोन्नति कार्यको आज शुभारम्भ गरिएको छ । वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल र सामाजिक विकास मन्त्री युवराज दुलालबाट झ्याडी देउराली खण्ड स्तरोन्नति कार्यको संयुक्त रुपमा उद्घाटन गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिजियर राजू श्रेष्ठले बताए । मन्त्री दुलालले डोजर र फुयालले सावेलले बाटो खनेर सडक स्तरोन्नतिको काम उद्घाटन गरेका हुन् ।

चौतारा देखि झ्याडी खोला सम्मको पहिलो खण्डको ९.४ किलोमिटर स्तरोन्नति सम्बन्धी निर्माण कार्य भैरहेको छ । यो सडकको दोस्रो खण्डको रुपमा झ्याडी खोला देखि देउराली सम्मको करिब १२ किलोमिटर स्तरोन्नति गर्न प्रदेश सरकारबाट बहुवर्षीय गुरुयोजना सुरु भई दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नको लागि आज शूभारम्भ गरिएको हो ।

श्री प्यासिफिक इन्जिनियरिग कम्पनि प्रालि काठमाडौंले सडक स्तरोन्नतिको ठेक्का पाएको छ । यो सडक प्रदेश सरकारको ४६ अर्ब ७३ करोड ४२ लाख ९६ हजार ६५२ लागतमा स्तरोन्नति हुन लागेको हो भने २०७९ असोज २७ गते यसको निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ । मुख्य गरी सडक चौडा गर्ने, नाली निर्माण गर्ने तथा कालोपत्रे स्तर सम्म स्तरोन्नति काम गर्ने सिनियर डिभिजन इन्जिजियर श्रेष्ठले बताए । यो सडकको कालोपत्रे अस्फाल्ट कंक्रिटबाट गरिनेछ । यो सडक हुँदै चौतराबाट सबैभन्दा छोटो समयमा काठमाडौं पुग्न सकिन्छ । यो सडक निर्माण भएर सञ्चालनमा आएमा चौतारा काठमाडौंको दूरी ५६ किलोमिटर मात्रै छ । यसलाई प्रदेश सरकारले रणनैतिक महत्वको आयोजनाको रुपमा हेरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस