गृहपृष्ठ ∕ राजनीति ∕ पीडितलाई राहत, उपचार र पुनस्थापनाको व्यवस्था गर्न कांग्रेस सभापति देउवाको माग पीडितलाई राहत, उपचार र पुनस्थापनाको व्यवस्था गर्न कांग्रेस सभापति देउवाको माग सिन्धु खबर भदौ २८, २०७७ गते २०:१० मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकको घुमथाङमा पहिरोबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीसँग पीडितको उद्धार, राहत र पुनस्थापनको व्यवस्था मिलाउन माग गरेका छन् । बाह्रबिसे नगरपालिका–७ को नाककुचे, भिरखर्क र नुवार टोलमा गएरातीको पहिराले ठूलो धनजनको क्षति भएको प्रसंग जोड्दै उनले भूगर्भविद्हरुले औंल्याएको जोखिम बस्तीबाट नागरिकलाई अन्यत्र स्थानान्तर गर्नुपर्ने बताएका छन् । आज प्रेस विज्ञप्ति प्रकाशित गरी प्रमुख प्रतिपक्ष नेतासमेत रहेका देउवाले घाइतेको उपचार, र विस्थापितका लागि खाद्यन्न, लत्ताकपडा र अस्थायी बसोबासको व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन् । उनले दुखद घडीमा कांग्रेस कार्यकर्ताहरुलाई स्थानीय क्रियाशील रहेर पीडितको सहयोगमा जुट्न आव्हान गरेका छन् । यसैबीच कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पहिरोस्थलको निरीक्षण गरेर पीडितको राहत र उद्धारमा सघाउने बताए । उनले प्राकृतिक विपदमा परेकालाई कांग्रेसले निरन्तर सहयोग गर्ने बताए । टेलिभिजन कार्यक्रम इन्द्रेणीका संयोजक कृष्ण कँडेलले पीडितलाई २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएका थिए । उक्त सहयोग पूर्वमन्त्री बस्नेत र कँडेलले हस्तान्तरण गरेका थिए । कँडेल उक्त सहयोगसहित घटनास्थल गएका थिए । उनले यस अघि पनि कार्यक्रमकोतर्फबाट विभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोग सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोमा परेकालाई उपलब्ध गराएका थिए । क्याटेगोरी : राजनीति ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोकमा नेकपा जिल्ला कमिटि विस्तारमा हानथाप, ओली समूहले थप्यो १… मन्त्रीको ‘अफर’ आएपछि ओली तिरै फर्के तामाङ यसै साता सिन्धुपाल्चोकमा प्रचण्ड-माधव समूहमा ठूलो धक्का लाग्छः महेश बस्नेत पूर्वरानीको जन्मदिन मनाउन झापाको मेची क्राउन होटल पुग्यो राजपरिवार धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे