Techie IT
Friday, March 5,2021 / शुक्रबार, फागुन २१, २०७७
×
गृहपृष्ठराजनीतिजोखिममा रहेकालाई स्थानान्तरण गर्न कांग्रेस नेता कोइरालाको माग

जोखिममा रहेकालाई स्थानान्तरण गर्न कांग्रेस नेता कोइरालाको माग


चौतारा ।

बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भिरखर्कमा गएको पहिरोबाट विस्थापितलाई नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले घटनामा परी बेपत्ता भएकाहरुको खोजी गर्न, घाइतेहरूको उपचार गर्न, जोखिममा रहेकाहरुको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितहरुलाई राहत प्रदान गर्न माग गरेका हुन् ।

आफ्नो आधिकारिक पेजमा लेख्दै उनले भनेका छन्,‘ सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका वार्ड नं ७, घुम्थाङको नागपुजे र भिरखर्कमा मानव वस्तीको निशानै मेटिने गरी गएको पहिरोबाट भएको मानवीय र भौतिक क्षतिले स्तब्ध र मर्माहत बनाएको छ ।’


क्याटेगोरी : राजनीति, समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस