आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठराजनीतिसभामुख सापकोटा पहिरोस्थल घुम्थाङ पुगे

सभामुख सापकोटा पहिरोस्थल घुम्थाङ पुगे


चौतारा । सभामुख अग्नि प्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् ।

सभामुख सापकोटासँगै नेकपा केन्द्रीय सदस्य माधव प्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् । यो क्षेत्र सभामुख सापकोटाले निर्वाचन जितेको क्षेत्र हो ।

बाह्रबिसे ७ घुम्थाङमा गएरातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा बस्ती नै पुरिदाँ ठूलो धनजनको क्षति भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!