Techie IT
Wednesday, October 28,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठराजनीतिहेलम्बुमा काँग्रेस प्रवेशको लहर

हेलम्बुमा काँग्रेस प्रवेशको लहर


हेलम्बु । उत्कृष्ट काम गरेबापत देशभर चर्चित हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा काँग्रेस बढाउनेमा पनि उत्कृष्ट देखिएका छन् । उनले एक महिनाको अवधिमा नेकपा र राप्रपा परित्याग गरेका ४ सय जनालाई पार्टी प्रवेश गराएका छन् । उनी कहिले काँग्रेस बन भन्दैनन तर उनलाई देखेर काँग्रेस प्रवेश गर्नेको हेलम्बुमा भीड लागेको छ । देशको अवस्था देख्दा र काँग्रेसको केन्द्रीय तहका नेताहरुको पारा देख्दा के काँग्रेसमा प्रवेश गर्नु वा के राजनितिक दलको पछि लाग्नु भन्ने पनि धेरै छन् ।

हेलम्बु स्थानीय सरकार हो र यहाँको स्थानीय सरकार काँग्रेसले हाँकेको छ । त्यसका प्रमुख छन् निमाग्याल्जेन लामा । उनै निमा ग्याल्जेन लामाको सरल स्वभाव, राजनितिक आस्थाका आधारमा नागरिकलाई भेदभाव नगर्ने, सेवामुखी भाव, आफ्नै गाउँपालिकामा केही गरु भन्ने भावका कारण हेलम्बुका स्थानीयहरु काँग्रेसप्रति आकर्षित भएका हुन् ।

उनले हेलम्बुका पातिङ, चित्रे, थापाटार र चुरेटारका ४ सय जतिलाई काँग्रेस प्रवेश गराएका छन् । हिजो मात्रै काँग्रेस क्षेत्रीय सचिव रमेशराज भण्डारी र शेर्पाले चित्रे दलित बस्ती नै काँग्रेस प्रवेश गराएका हुन् ।`पहिला कम्युनिष्टहरुले हाम्रो भलो गर्छन् भन्ने थियो धेरै वर्ष हेरियो हाम्रो उत्थान भएन पार्टी प्रवेश गर्नेले भने, अहिले काँग्रेसले हाम्रो सुखदुखको ख्याल गरेको छ त्यसैले हामी काँग्रेस नै बन्छौं ।`

`वर्षाको समय छ, गाउँ गाउँमा बाढी पहिराले के वितण्डा गर्यो भनेर स्थानीयको हालखबर बुझ्न जान्छु उनले भने, त्यही बेलामै हामी काँग्रेस बन्ने भनेर गाउँले नै उठेर आउँछन् ।` उनले आफूले काँग्रेसबाट जितेपछि कोहीलाई वर र पर नगरेकै कारण यस्तो भएको हुनसक्ने बताए ।

विकास निर्माणको काममा मैले कुनै पार्टी र वाद हेरिन उनले भने त्यसैले पनि म सँगसँगैं काँग्रेसप्रति उनीहरुको मोह बढेको छ । कोरोना संक्रमणको सुरुवाती दिनमा डाक्टर लिएर गाउँपालिकाको घर घर पुगेका शेर्पा सबैका प्रिय छन् । विभिन्न लोकप्रिय कार्यक्रमहरु सञ्चालन गरेका शेर्पाले जनताका प्रतिनिधि भएर काम गरेकैले उनको लोकप्रियता चुलिएको हो ।

सिन्धुपाल्चोकमा मात्रै होइन हेलम्बु गाउँपालिका देशमै चर्चित छ । काँग्रेसका केन्द्रीय तहका नेताहरुले समेत गाउँपालिका अध्यक्ष हुनु त हेलम्बुका निमा जस्तो पो भन्ने गरेका छन् । सिन्धुपाल्चोककै नेकपा नेता तथा कार्यकर्तासमेत यसलाई स्विकार्छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस