मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेसको केन्द्रीय प्रचारप्रसार विभागमा सिन्धुका दिनेश र सागर

काँग्रेसको केन्द्रीय प्रचारप्रसार विभागमा सिन्धुका दिनेश र सागर


चौतारा । नेपाली काँग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचारप्रसार विभागका सदस्यमा सिन्धुपाल्चोकका दुई जना मनोनित भएका छन् । महाधिवेशन प्रतिनिधि सागर कुमार श्रेष्ठ र काँग्रेस युवा नेता दिनेश थापा मगर विभागको सदस्यमा मनोनित भएका हुन् ।

श्रेष्ठ मेलम्चीका र मगर सुनकोसी गाउँपालिकाका स्थायी बासिन्दा हुन् । काँग्रेसले बुधबार उपप्रमुख सुरेश आचार्यसहित ४८ जना विभागमा मनोनित गरेको थियो । उपप्रमुख आचार्यले सिन्धुवासी मगरलाई सचिवमा मनोनित गरिसकेका छन् । प्रचारप्रसार विभागको प्रमुख विश्वप्रकाश शर्मा छन् ।

महाधिवेशन भएको ६ महिनाभित्र विभागहरुलाई पूर्णता दिनुपर्ने भएतापनि सभापति देउवाले महाधिवेशन आउन ६ महिना बाँकी हुँदा प्रचारप्रसार विभागलाई पूर्णता दिएका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!