आईतबार, फागुन ४, २०८१
गृहपृष्ठराजनीतिनेकपाका पूर्व लडाकुसहित कर्थलीका ५० बढी काँग्रेसमा प्रवेश

नेकपाका पूर्व लडाकुसहित कर्थलीका ५० बढी काँग्रेसमा प्रवेश


कर्थली । बाह्रबिसे नगरपालिका २ कर्थलीका ५० बढी नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय निर्वाचनमा तत्कालीन माओबादीबाट वडा सदस्यकी उम्मेदवार सरला भण्डारी, नेकपाका युवा निलबिक्रम भण्डारी, माओबादीका पूर्व लडाकु चौतारे तामाङ, राप्रपाका वडा सदस्य धनसिंह तामाङ लगायत एक सय बढी नेकपाका कार्यकर्ता बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रवेशीहरुलाई नेपाली काँगे्रसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले पार्टी सदस्यता दिएर कांग्रेसमा भित्र्याएका छन् । उनीहरुलाई कांग्रेसमा प्रवेश गराउन तरुण नेता केश बहादुर लामा, नेका कर्थलीका सचिव जीत बहादुर तामाङ लगायतका स्थानीय नेताहरुले भूमिका निर्वाह गरेका थिए । क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले नवप्रवेशीहरुलाई पार्टीमा उचित भूमिका र जिम्मेवारी दिने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!