Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठराजनीतिनेकपा झुटको खेती गर्ने भन्दै हेलम्बुका दुई दर्जन बढी नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश

नेकपा झुटको खेती गर्ने भन्दै हेलम्बुका दुई दर्जन बढी नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश


हेलम्बु । हेलम्बु गाउँपालिकाका दर्जनौ नेकपा नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । हेलम्बु गाउँपालिकाका चुरेटार र वीरखर्कका दुईदर्जन बढी नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

नेकपाका नेता कार्यकर्ता झुटको खेती गर्ने र विकास निर्माणका काम पनि केही नगर्ने हुनाले नेकपा त्याग गरेर काँग्रेस प्रवेश गरेको पार्टी प्रवेश गर्नेहरुले बताएका छन् । उनीहरुले नेपाली काँग्रेसले विकास निर्माणमा कुनै भेदभाव नगर्ने र गाउँको विकास पनि गर्ने भएकाले काँग्रेस प्रवेश गरेको बताए ।

उनीहरुलाई हेलम्बुका अध्यक्ष शेर्पाले काँग्रेस प्रवेश गराएका हुन् । यसअघि पनि एक दर्जन बढी हेलम्बुका नेकपा नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस