Techie IT
Tuesday, March 2,2021 / मंगलबार, फागुन १८, २०७७
×
गृहपृष्ठराजनीतिवाग्मती पदेशका मुख्यमन्त्री पौडेल लिदीमा

वाग्मती पदेशका मुख्यमन्त्री पौडेल लिदीमा


जुगल । वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल लिदीमा पुगेका छन् । उनी आज बिहान सेनाको हेलिकप्टरमार्फत लिदी पुगेका हुन् । उनीसँगैं प्रदेश प्रहरी प्रमुख वसन्त कुमार लामा, सांसद शेरबहादुर तामाङ, सामाजिक विकास मन्त्री शरद दुलाल र उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपाल पनि लिदी पुगेका छन् ।

उनीहरुले स्थानीय पीडितहरुलाई केही राहत सामग्री पनि लगेका छन् । यसअघि हिजो सभामुख अग्नि सापकोटा, केन्द्रीय सदस्य माधव सापकोटालगायत नेकपा नेताहरु लिदी पुगेका थिए ।

हिजो नै गृहमन्त्री राम बहादुर थापा पनि लिदी पहिरो अवलोकन गर्न पुगेका थिए । जुगल २ लिदीमा गएको भीषण पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने २७ अझै वेपत्ता छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस