वलेफी र ईन्द्रावतीका कांग्रेस नेता कार्यकर्ता नेकपामा प्रवेश

चौतारा । नेपाली कांग्रेस र राप्रपा नेपाल परित्याग गरि जिल्लाका दुई स्थानीय तहका केही स्थानीय नेता कार्यकर्ताले नेकपा प्रवेश गरेका छन् । आज नेकपा जिल्ला पार्टी कार्यालयमा ईन्द्रावती गाँउपालिका ३ का पञ्चलाल तामाङ सहित झण्डै तीन दर्जन कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा केन्दीय सदस्य कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्वर दुईका सांसद शेरवहादुर तामाङ, वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले नेकपामा स्वागत गरेका हुन् ।
त्यस्तै आज नै वलेफी ८ कागुनेका कांग्रेस नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका छन् । स्थानीय राजेश तामाङ र ईन्द्र श्रेष्ठको नेतृत्वमा केही युवा नेकपा प्रवेश गरेको वलेफी ८ का अध्यक्ष चरीवहादुर तामाङले जानकारि दिए ।
नव प्रवेशीहरुलाई वलेफी गाँउपालिका अध्यक्ष तथा नेकपा प्रदेस कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रविसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र वलेफी ८ का अध्यक्ष तथा पालिका कार्यालय कमिटीका चरीवहादुर तामाङले पार्टीमा स्वागत गरेका हुन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस